निफ्राको चौथो वार्षिक साधारण सभा शनिवार हुने , यी प्रस्ताव पारित हुँदै


  • KBL Ad
निफ्राको चौथो वार्षिक साधारण सभा शनिवार हुने , यी प्रस्ताव पारित हुँदै

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को चौथो वार्षिक साधारण सभा भोलि शनिवार मंसिर १० गते हुँदैछ  ।

सभा अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेट बत्तिसपुतली काठमाडौंमा बिहान ९ बजे शुरु हुने जानकारी दिएको हो । सभाले ४ दशमलव २१०५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १ गते बुक क्लोज गरिसकेको छ ।

Read More
  • EBL