२० रूपैयाँको ३१ करोड नोट छाप्दै राष्ट्र बैंक



Setopati

राष्ट्र बैंकले २० रूपैयाँ दरका ३१ करोड नोट छाप्ने तयारी गरेको छ। 

यसको लागि राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको छ। 

राष्ट्र बैंकका अनुसार नोट छापिएर आउन करिब एक वर्ष लाग्नेछ। आगामी १४ डिसेम्बर २०२२ मा यसको लागि प्रिबिडिङ हुनेछ।

हाल रहेको २० रूपैयाँको मौज्दातले लगभग एक वर्ष हाराहारीको माग धान्छ।  

२० रूपैयाँको अत्यधिक चलनचल्ति हुने मध्यकै नोट हो। राष्ट्र बैंकबाट एक पटक बाहिरिएको यस्तो नोट ६ देखि ८ महिनामा फर्कने गर्छ।

यस्ता नोटको आयु भने तीन वर्षसम्मको हुन्छ। यसपटक छापिएर आउने नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर हुनेछ। 

हाल चलनचल्तिमा रहेको नोटमा भने निवर्तमान गभर्नर डा. चिरञ्जीवि नेपालको हस्ताक्षर छ। 

Read More