मेक इन नेपाल ‘स्वदेशी’मा आबद्ध स्वदेशी उद्योगलाई सहुलियत दिन सरकार तयार



Rato Pati

 

आठौं उद्योग दिवस २०७९ को अवसर पारेर नेपाल उद्योग परिसंघले उद्योग सचिव डा. तोय नारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीसँग अन्तरक्रिया गरेको छ । नेपाल उद्योग परिसंघ सचिवालयमा बिहिबार आयोजित ‘परिसंघमा परिचर्चा’ अन्तरक्रियामा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध सदस्यहरूलाई सहुलियत दिन आग्रह गरे ।

भारत, अष्ट्रेलियालगायत मुलुकमा सरकारको अग्रसरमा मेक इन अभियान संचालन भइरहेकामा नेपालमा परिसंघको अग्रसरतामा मेक इन नेपाल अभियान संचालन भइरहेको छ । मेक इन नेपाल अभियानमा आबद्ध उत्पादनहरूलाई सहुलियत दिइए स्वदेशी उत्पादन बढाउन र निर्यात गर्न प्रोत्साहन मिल्ने अध्यक्ष अग्रवालले बताए । उद्योग मन्त्रालय उद्योगीहरुको फोकल मन्त्रालय बन्नुपर्नेमा जोड दिँदै उनले त्यसले उद्योगहरुको महत्व बढाउने र उद्योगीहरुको समस्या समाधानमा अन्य मन्त्रालय एवं सरोकारवाला पक्षसँग समन्वय गर्न सहयोग गर्ने बताए । उनले नीतिगत स्थिरतामा जोड दिँदै निश्चित अवधिसम्म नीति परिवर्तन नुहने गरी उद्योगी, लगानीकर्तालाई आश्वस्त पार्नुपर्ने बताए । 

Read More