बीमा अभिकर्ताको परीक्षा कम्पनीले नै लिन पाउने, ५० अंक आए पास



Bizpati

नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको परीक्षा लिने जिम्मेवारी कम्पनीहरुलाई नै दिएको छ। प्राधिकरणले कार्तिक २२ गते अगाडी नै बीमा अभिकर्ताको तालिम प्राप्त गरिसकेको तर इजाजत प्राप्त नगरेको हकमा पनि परीक्षा लिएर उत्तीर्ण हुनुपर्ने सर्त सहित यो व्यवस्था गरेको हो। 

प्राधिकरणले बीमा ऐन, २०७९ मा व्यवस्था भएअनुसार नै यो निर्णय गरेको हो। ऐनको दफा ९२ को उपदफा २ मा “बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए वमोजिमको परीक्षा उतिर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था छ। 

अहिलेलाई परिक्षाको जिम्मेवारी कम्पनीलाई दिएपनि पछि भने प्राधिकरणले आफै लिने आन्तरिक तयारी गरेको छ। अहिले भने प्राधिकरणले केही सर्तहरु दिई सोही अनुसार परिक्षा लिन बाटो खुला गरेको हो। 

Read More