नेप्सेले गर्‍यो बैंक अफ काठमाण्डूको शेयर मूल्य समायोजन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेप्सेले गर्‍यो बैंक अफ काठमाण्डूको शेयर मूल्य समायोजन

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीवार बैंकको प्रस्तावित ६ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको पछिल्लो कारोबार दिनको शेयर मूल्य रू. २२७ दशमलव १० को आधारमा बोनस शेयर पछिको मूल्य रू. २१४ दशमलव २५ कायम गरेको छ ।

ग्लोबल आइएमई बैंकसँगको मर्जर प्रक्रियामा रहेको यस बैंकको शेयर कारोबार भने गत असार २ गतेदेखि रोक्का रहेको छ । बैंकले मर्जर प्रस्तावसँगै लाभांश प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नका लागि मंसिर २३ गते २८ औं वार्षिक साधारण सभा बोलाएको छ ।

Read More
  • MBL