कस्ता छन् आइपिओ जारी गर्ने तयारीमा रहेका यी पाँच उत्पादनमूलक कम्पनी?



Setopati

हाल धितोपत्र बोर्डमा पाँच वटा उत्पादनमूलक समूहका कम्पनीहरूले आइपिओ (प्राथमिक सेयर) जारी गर्न आवेदन दिएका छन्। 

सर्वोत्तम सिमेन्ट, घोराही सिमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, रिलायन्स स्पिनिङ मिल्स र सोनापुर मिनिरल्स एण्ड आयलले आइपिओ जारी गर्ने अनुमति मागेका हुन्। 

सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङले बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गर्ने तयारी गरेका हुन्। 

४० प्रतिशत बराबर सेयर जारी गर्न लागेका यी उद्योगले पहिलो चरणमा बुल बिल्डिङ प्रक्रियामा सहभागी हुनेहरूको लागि जारी गर्ने छन्। बुक बिल्डिङपछि यी कम्पनीको सेयर बिक्री मूल्य निर्धारण हुनेछ।

अन्य बाँकी तीनमा मुक्तिनाथ कृषि कम्पनीले चार करोड, घोराही सिमेन्टले तीन अर्ब ४४ करोड रुपैयाँ र सोनापुर मिल्सले एक अर्ब २३ करोड रूपैयाँ बराबरका सेयर जारी गर्ने भएको छ। 

Read More