निफ्रालाई ५ अर्ब रुपैयाँको उर्जा ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति


  • KBL Ad
निफ्रालाई ५ अर्ब रुपैयाँको उर्जा ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ५ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ५० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । यसमध्ये २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ३० लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ७% ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र  २०८५–८६’ जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । 

Read More
  • EBL