एनसीसी बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न, ११ % लाभांश वितरणको प्रस्ताव सर्वसम्मत पारित


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनसीसी बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न, ११ % लाभांश वितरणको प्रस्ताव सर्वसम्मत पारित

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको आज मिति २०७९ मंसिर २ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी काठमाण्डौँमा आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभामा प्रस्ताव गरिएको ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांस गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको बैंकले जनाएको छ । सभाबाट पारित ३.३६६३ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ पुग्नेछ ।

आर्थिक वर्ष २०७८/७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले बृद्धि भई रू. १४१ अर्ब ५० करोड पुगेकोे छ । त्यसैगरी बैंकले रू. १२४ अर्ब ८७ करोड खुद कर्जा प्रवाह गरी २७.०१ प्रतिशतको वृद्धि हासिल गरेको छ ।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा र १४४ एटिएम र १५ एक्टेन्सन काउण्टर मार्फत आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

Read More
  • MBL