नेपाल बैंकको ८६ वार्षिकोत्सव सम्पन्न, राष्ट्र बैंकका प्रथम गभर्नर जबरालाई अभिनन्दन


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको ८६ वार्षिकोत्सव सम्पन्न, राष्ट्र बैंकका प्रथम गभर्नर जबरालाई अभिनन्दन

नेपाल बैंक लिमिटेडले आफ्नो ८६औं बार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक २०७९ साल कार्तिक ३० गते आफ्नो ८५ औं बर्ष पुरा गरी ८६ औं बर्षमा प्रबेश गरेको छ ।

प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहको प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी थिए। त्यसैगरी नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपाल बैंक लिमिटेड संचालक समितिका  पूर्व डाइरेक्टर जनरल हिमालय शंसेर जबरा, अर्थमन्त्रालयका राजस्व सचिब रामेश्वर दंगाल, नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष अनिल कुमार उपाध्याय विशेष अतिथिको रुपमा रहेको उक्त समारोहको अध्यक्षता बैंकका संचालक समिति अध्यक्ष गंगा प्रसाद ज्ञवालीले गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले नेपालको पहिलो बैंक ८६ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा शुभकामना प्रकट गर्दै नेपालको बैंकिङ्ग बिकास र उद्यमशिलताको प्रबद्र्धनमा नेपाल बैंकको अतुलनिय भूमिका रहेको र प्रत्यक बर्ष कार्तिक ३० गतेलाई नेपालको बैंकिङ् क्षेत्रको ऐतिहासिक बैंकिङ्ग दिवसको रुपमा लिन सकिने विषयमा जोड दिएका थिए ।

Read More
  • EBL Ad news