नेपाल बैंकको ८५ वर्षे यात्रा: डिजिटल बैंकिङको अभियानमा दर्बिलो सारथी


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको ८५ वर्षे यात्रा: डिजिटल बैंकिङको अभियानमा दर्बिलो सारथी

स्थापना/इतिहास
विश्वमा १७ औँ शताब्दीताका नै सुरु भएको बैंकिङ अभ्यास नेपालमा आइपुग्न २० औँ शताब्दीको पनि अन्त्यसम्म पर्खनुप¥यो । नेपालको बैंकिङ क्षेत्रमा अहिले जुन क्रान्ति भएको छ, यसको जग बसाल्ने काम ‘नेपाल बैंक लिमिटेड’ को स्थापनाबाट भएको हो किनकि नेपाल बैंक नेपालको पहिलो बैंक हो जसको स्थापना १९९४ साल कार्तिक ३० गते भएको हो । नेपाल बैंक कानुन १९३७ अनुसार स्थापना भएको यस बैंकको उद्घाटन राजा त्रिभुवनले गरेका हुन् । त्यतिबेला पनि सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सुरु भएको यस बैंकमा १० जना लगानीकर्ता थिए । ८ लाख ४२ लाख हजार चुक्ता पुँजीबाट सुरु भएको बैंकको निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो ।

नेपालमा बैकिङ प्रणालीको सुरुवात र विकासकर्ताका हिसाबले पनि नेपाल बैंकको भूमिका अतुलनीय रहेको छ । यसको आफ्नै लामो गौरवमय इतिहास छ । नेपालमा औपचारिक बैकिङ सेवाको सुरुवात मात्र नभई स्वदेशी मुद्रा प्रचलनमा सहजता ल्याउने श्रेय पनि नेपाल बैंक लिमिटेडलाई जान्छ । भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बंैक लिमिटेडले खेलेको भूमिका इतिहासका स्वर्णिम पानाहरुमा सदा लेखिइरहने नै छ । त्यसैगरी वि.स. १९९४ देखि २०१३ सालसम्म देशको केन्दी्रय बैंकको भूमिकासमेत निर्वाह गरेको नेपाल बंैक लिमिटेड नेपालको वित्तीय क्षेत्रमा एउटा छुट्टै अनुभव बोकेको गौरवशाली बैंक हो । नेपालको आर्थिक विकासमा अग्रणी भूमिका खेलेको नेपालको पहिलो बैंक नेपाल बैंक १९९४ सालदेखि हालसम्म अनवरत विश्वासको ८६ औँ वर्षसम्म अटुट रूपमा बैंकिङ सेवा प्रदान गर्न सफल भई आफ्नो निरन्तर यात्रामा गतिशील रूपमा लागिपरिरहेको छ ।

Read More
  • EBL Ad news