नेपाल बैंकद्वारा ८६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकद्वारा ८६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौँमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्धघाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले गरेकी थिइन् भने कार्यक्रमको समापन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत  प्रकाश कुमार अधिकारीले गरेका थिए ।

उक्त रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण गरी १०५ जनाले रक्तदान गरेका थिए । नेपाल बैंक लिमिटेड यहि २०७९ कार्तिक ३० गते ८६औं बर्षमा प्रवेश गर्दैछ ।  सोहि अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ । संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत बैंकले हरेक बर्ष वार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजन गर्दै आईरहेको जनाएको छ ।

Read More
  • EBL Ad news