नेपाल बैंकले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकाभित्रका शाखाहरूमा कार्यरत कर्मचारीहरूको बीचमा मैत्रिपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ।
नेपाल बैंक कात्तिक ३० गते ८६औं वर्षमा प्रवेश गर्दैछ। सोही अवसरमा आयोजित कर्मचारी मैत्री ब्याडमिन्टन प्रतियोगिता कात्तिक २५ र २६ गते आयोजना भएको थियो।
प्रतियोगितामा पुरुष सिंगलतर्फ विष्णुहरि न्यौपाने र महिला सिंगलतर्फ रुपा महर्जन प्रथम, पुरुष डबलमा बाबुरत्न महर्जन एवम् मनोज महर्जनको समूह प्रथम र महिला डबलतर्फ रुपा महर्जन एवम् सविना थापाको समूह प्रथम भएको थियो।








