काठमाडौँ / स्ट्याण्डर्ड चार्टर्ड बैङ्क लिमिटेडले सर्वेन्द्र मिश्रलाई फाइनान्सियल मार्केट्स तथा ट्रेजरी मार्केट्सको प्रमुखमा नियुक्त गरेको छ । मिश्रसँग देशका विभिन्न वाणिज्य बैङ्कहरूको कार्यकारी पदहरूमा रही काम गरेको २४ वर्षभन्दा बढीको अनुभव रहेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा आबद्ध हुनु अघि मिश्र सनराइज बैङ्कमा Group Treasurer, Head of Treasury Financial & Global Markets को कोषाध्यक्ष थिए भने उनले सनराइज क्यापिटल लिमिटेडमा निर्देशक (इन्भेष्टमेन्ट्स) पदमा पनि काम गरिसकेका छन् ।