लुम्बिनी विकास बैंकद्धारा नुवाकोटको बट्टार बसपार्कलाई ४३ इन्चको टि.भी. हस्तान्तरण


  • Shangrila Ads
  • Siddhartha Bank
  • ADBL
लुम्बिनी विकास बैंकद्धारा नुवाकोटको बट्टार बसपार्कलाई ४३ इन्चको टि.भी. हस्तान्तरण

यात्रुहरुको प्रतिक्षारत समयमा मनोरञ्जन प्रदान गर्ने मनसायले लुम्बिनी विकास बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बिदुर नगरपालिकाको अनुरोधमा नुवाकोटको बट्टार बसपार्कमा राख्नको लागी शाखा कार्यालय बट्टार मार्फत सो बसपार्कलाई शाखा प्रमुख बिश्वम्भरमान सिंह डंगोलले बिदुर नगरपालिका का नगर प्रमुख श्री राजन लाल श्रेष्ठलाई ४३ इन्चको रङ्गिन टेलिभिजन – एक थान र डिस होम – एक थान प्रदान गर्नु भयो । सो सामान हस्तान्तरण गर्नुभएकोमा नगर प्रमुखले लुम्बिनी विकास बैंकलाई धेरै – धेरै धन्यवाद व्यक्त गर्नुभयो । साथै उक्त सामान हस्तान्तरण समारोहमा युवा नेता निलम बाबु ढुंगेल, समाजसेवी बद्री त्रिपाठी, सुरक्षाकर्मी, पत्रकार लगायत, बैंकको बट्टार शाखा प्रमुख बिश्वम्भरमान सिंह डंगोल तथा देबीघाट शाखा प्रमुख रमेश कुमार नेपाल लगायत अन्य व्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् भने निकट भविष्यमा काठमाडौं उपत्यकामा थप तिन शाखाहरु जसमा काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने प्रकृयामा रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

Read More
  • KBL Ad