नेपाल बैंक र दराज अनलाइनबीच व्यावसायिक साझेदारीको घोषणा भएको छ । २०७९ कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने दराजको लोकप्रिय सपिङ्ग डे ११.११ मा नेपाल बैंकको डेविट क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने ग्राहकलाई सपिङ्गमा १५ प्रतिशत वा रु. २५०० सम्मको छुट दिने घोषणा भएको हो ।
बैकको ८६ औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्न यस्तो सम्झौता गरिएको बैकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले जानकारी दिए । बिहीबार राजधानीमा भएको सम्झौतामा बैकका तर्फबाट कँडेल र दराजका तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।
दराजको सपिङ्गमा ग्राहकले अग्रिम भुक्तानी गरे अधिकतम २० प्रतिशत वा रु. ३००० सम्मको छुट प्राप्त हुने तर उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्ने कम्पनीले जनाएको छ।








