काठमाडौँ / सिबिआईएल क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् ।
श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हाशिल गरेका छन् ।
यस अगाडि श्रेष्ठ एनआईबिएल्. क्यापिटल मार्केट्स लि. (२०१३ —२०१५) मा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ लि. (२०१६—२०२०) र मेघा क्यापिटल मार्केट्स लि. (२०२०—२०२२) मा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।