एनआईसी एशिया क्यापिटलद्धारा संचालित २ म्युचुअल फण्डको इकाई मूल्य समायोजन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशिया क्यापिटलद्धारा संचालित २ म्युचुअल फण्डको इकाई मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनआईसी एशिया क्यापिटलद्धारा संचालित २ वटा सामूहिक लगानी कोष योजनाको इकाई मूल्य समायोजन भएको छ । एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको इकाई मूल्य समायोजन भएको हो ।

एनआईसी एशिया ग्रोथ फण्डको १३ प्रतिशत लाभांशमा मूल्य समायोजन भएको हो। समायोजनपछि फण्डको इकाई मूल्य ९ रुपैयाँ २५ पैसा कायम भएको छ । समायोजन अघि फण्डको इकाई मूल्य १० रुपैयाँ ५५ पैसा थियो । त्यस्तै एनआईसी एशिया ब्यालेन्सड् फण्डकोको पनि १३  प्रतिशत लाभांशमा मूल्य समायोजन भएको हो। समायोजनपछि फण्डको इकाई मूल्य ८ रुपैयाँ ७८ पैसा कायम भएको छ । समायोजन अघि फण्डको इकाई मूल्य १० रुपैयाँ ०८ पैसा थियो । 

Read More
  • MBL - below news