काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले १६ दशमलव ५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।