साङ्ग्रिला कल सेन्टरको रूपमा साङ्ग्रिला कस्टुमर केयर, केके छन् सुविधा ?


  • Sunrise Bank Limited (SRBL)
  • KSBBL
Artha Dabali

काठमाडौँ / साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले कल सेन्टरको रूपमा साङ्ग्रिला कस्टुमर केयर इकाईको शुरूवात गरेको छ । 
बैङ्कले आफ्ना ग्राहकहरूमाझ विभिन्न सुविधा उपलब्ध गराउने क्रममा कस्टुमर केयर इकाईको शुरूवात गरेको हो । 

कल सेन्टरको रूपमा स्थापित सो साङ्ग्रिला कस्टुमर केयरबाट प्रवाह हुने सेवाले ग्राहकहरूका विभिन्न जिज्ञासाहरू सहज तरिकाले समाधान हुने कुरामा विश्वास रहेको बैङ्कले जनाएको छ । 

बैङ्कद्वारा जारी विज्ञप्तिअनुसार उक्त इकाईको मुख्य उद्देश्य आफ्ना ग्राहक तथा सम्वन्धित व्यक्तिहरूको जिज्ञासा, उहाँहरूलाई पर्न गएको असुविधा र द्विविधाहरू तथा विभिन्न किसिमका प्रश्नहरूको समाधान गर्नु हो ।  

यस सम्बन्धि कार्यको लागि तोकिएको फोन नम्बरमार्फत बैङ्कको साङ्ग्रिला कस्टुमर केयरमा सम्पर्क राखी सहज तरिकाले आफ्ना बैङ्क सेवासँग सम्वन्धित समस्याहरू समाधान गर्न सक्नेछन् । 

Read More
  • MBL
  • INDIAN Ad