कुमारी क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएकाे छ । क्यापिटलले कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी "कुमारी सबल याेजना" नामक म्युचुअल फण्ड निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन गरेकाे छ ।
क्यापिटलले प्रतिइकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई निष्कासन गर्न भदाै २९ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । याे बन्दमुखी याेजना हाे ।