लगानीकर्ताले गरे नगद लाभांशलाई स्वागत, सिटिजन र निफ्राको मूल्य बढ्दै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
लगानीकर्ताले गरे नगद लाभांशलाई स्वागत, सिटिजन र निफ्राको मूल्य बढ्दै

नेपाली सेयर बजारमा बोनस सेयरलाई निकै रुचाउने गरिन्छ। कुनै कम्पनीले लाभांशको रुपमा स्टक डिभिडेण्ड दिने घोषणा गर्यो भने सो कम्पनीको सेयरमूल्य बढ्ने गरेको पाइन्छ। थप कित्ता सेयर पाईने र सेयर संख्या बढ्ने भएकाले बोनस सेयर र हकप्रद भनेपछि नेपाली  लगानीकर्ताहरु हुरुक्कै हुने गरेका छन्। 

तर अब भने त्यो परिस्थिति फेरिने हो कि जस्तो देखिएको छ। सिटिजन बैंकले ९% नगद लाभांश घोषणा गरेपछि सिटिजनको सेयरमूल्य निकै घट्ने आँकलन गरिएको थियो। तर आँकलन विपरित सिटिजन बैंकको सेयरमूल्य बढ्दो ट्रेन्डमा देखिएको छ। असोज ८ गते लाभांश घोषणा गर्नुअघि सिटिजनको सेयरमूल्य १८८ रुपैयाँमा क्लोज भएको देखिन्छ। लाभांश घोषणा भएको भोलिपल्ट मूल्य घटेर १८२ रुपैयाँमा अन्तिम कारोबार हुँदै बजार बन्द भएको देखिन्छ भने सो को भोलिपल्ट १७९ रुपैंयासम्म झरेर सिटिजनको सेयरमूल्य बढ्न थालेको थियो। आज असोज १३ गते बिहिबार सिटिजन बैंकको सेयर १९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।  

Read More
  • MBL - below news