बेष्ट फाइनान्सको १८ औं शाखा इटहरीमा


बेष्ट फाइनान्सको १८ औं शाखा इटहरीमा

काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सुनसरी जिल्लाको ईटहरी चोकमा आफ्नो १८ औं शाखा संचालनमा ल्याएको छ ।  इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेल तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

 फाइनान्सले निकट भविष्यमा सुर्खेत र धनगढीमा समेत शाखा संजाल बिस्तार गरी सातै प्रदेशमा आफ्नो उपस्थिति हुने योजना रहेको जनाएको छ । साथै, आउदा दिनहरुमा देशका बिभिन्न स्थानहरुमा आवश्यकता र माग बमोजिम शाखा खोल्दै लगिने संस्थाको लक्ष्य रहेको उल्लेख गरेको छ ।

Read More