नेपाल बैंक ‘डबल धमाका मुद्दती खाता’ : पैसा दोब्बर हुन लाग्ने समयावधि घट्यो


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंक ‘डबल धमाका मुद्दती खाता’ : पैसा दोब्बर हुन लाग्ने समयावधि घट्यो

 

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले संचालनमा ल्याएको  ‘डबल धमाका मुद्दती खाता’ आयोजनालाई थप आकर्षक बनाइएको छ ।  ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी योजनालाई थप आकर्षक बनाइएको हो ।

अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र ५ वर्ष  ९ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने बैंकले जनाएको छ । यसमा न्युनतम रु पच्चीस हजारभन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । त्यसैगरी यो योजनामा बैंकले रु ५ लाख सम्मको क्रेडिट कार्ड सुबिधा पनि उपलब्ध गराउने छ । सरकारी बैंक भएको र जनविश्वास उच्च भएको कारणले पनि लामो समयको मुद्दतीमा ग्राहकहरुको धेरै नै आकर्षण रहेको बैंकले जनाएको छ। 

Read More
  • EBL Ad news