बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंजमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंजमा

काठमाडौं । कमलादी काठमाडौंमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १७ औं शाखा संचालनमा ल्याएको छ । मधेश प्रदेशको पहिलो शाखाको रुपमा वीरगंजको घण्टाघर लिङ्करोडमा फाइनान्सले १७ औं शाखा संचालनमा ल्याइ वित्तीय कारोवारको शुभारम्भ गरेको हो । 

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । शाखा उद्घाटन कार्यक्रममा वीरगंजका प्रतिष्ठित ब्यापारी, ब्यवसायी, उद्योगी लगायत सामाजका अगुवा तथा समाजसेवीहरुको उपस्थितिमा रहेको थियो । 

Read More
  • MBL - below news