सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य समायोजन


सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य समायोजन

भदौ २९ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज फर्स्ट म्युचुअल फण्ड (SFMF) को मूल्य समायोजन भएको छ। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

 

नेप्सेले यस दिन फण्डको १२ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात फण्डको इकाईमूल्य १० रुपैयाँ ३० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा फण्डको इकाई प्रतिकित्ता ११ रुपैयाँमा ५० पैसामा अन्तिम कारोबार भएको थियो।

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले आफ्ना इकाईधनीहरुलाई करसहित १२ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। फण्डको योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

Read More