नेपालमा हाल संचालित कमर्शियल बैंक मध्ये गत आर्थिक वर्ष सबै भन्दा बढी निक्षेप संकलन गर्नेमा पहिलो स्थानमा रहन सफल बैंक हो, सरकारी स्वामित्वको नेपाल बैंक। नेपाल बैंकले चल्तीका निजि लगानीका बैंकहरुलाई समेत पछी पार्दै निक्षेप संकलनमा गत आर्थिक वर्ष ११ महिनासम्म पहिलो स्थानमा अटाउन सफल भएको हो।
गत आर्थिक वर्ष बैंकहरुले ३ खर्ब ४० अर्ब निक्षेप संकलन गर्दा ४ खर्ब ५४ अर्ब कर्जा लगानी गरेका छन्। जसमा नेपाल बैंकले मात्रै ३३ अर्ब ५६ करोड निक्षेप संकलन गरि ३५ अर्ब ८७ करोड कर्जा लगानी गरेको छ। चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा आइपुग्दा नेपाल बैंकको कुल निक्षेप १ खर्ब ८६ अर्ब २० करोड पुगेको छ।







