गाउँमै शाखारहित बैंकिङ सेवा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
गाउँमै शाखारहित बैंकिङ सेवा

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिकाले बैंकिङ सेवा नपुगेका विकट बस्तीहरूमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ। बाल पोषण, ज्येष्ठ नागरिकले पाउने वृद्धभत्ता, एकल भत्ताजस्ता सामाजिक सुरक्षा भत्ता वितरण गर्ने लगायतका आर्थिक कारोबारहरूलाई सहज बनाउन नगरपालिकाले इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा गाउँमै शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो। 
  
बैंकिङ सेवा लिनका लागि नगरपालिकाको केन्द्र गाल्जे जाँदा सेवाग्राहीका चापका कारण लाइन बस्नुपर्ने, घण्टौँ पैदल बाटो हिँड्नुपर्ने, कहिलेकाहीँ नेटमा खराबी हुँदा काम नहुने, सामान्य कागजपत्र छुट्दा काम नभएर घर फर्किनुपर्नेजस्ता समस्याहरू खेप्दै आएका तिलागुफा नगरपालिका वडा नं. ९, १० र ११ वडाका लागि पायक पर्ने चिल्खाया ठिन्के बजारमा सेवा सुरु भएपछि यहाँका नागरिकहरूलाई सहज भएको छ। 

Read More
  • MBL