निर्यातमा नगद अनुदान न्यूनतम ४ प्रतिशत


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
निर्यातमा नगद अनुदान न्यूनतम ४ प्रतिशत

काठमाडौं । सरकारले विभिन्न वस्तु निर्यातमा दिँदै आएको नगद अनुदानको न्यूनतम सीमा ४ प्रतिशत राखेर ‘निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७५’ संशोधन गर्ने मस्यौदा तयार पारेको छ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमा गरिएको नगद अनुदान ८ प्रतिशतसम्म पुर्‍याउने घोषणा कार्यान्वयन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यविधि संशोधनको मस्यौदा बनाएको हो । त्यसमा निर्यातमा दिँदै आएको अनुदानको न्यूनतम सीमा ४ प्रतिशत राखिएको हो ।

मन्त्रालयले विभिन्न २९ वस्तुले अनुदान पाउने गरी कार्यविधि संशोधनको मस्यौदा बनाएर अर्थ मन्त्रालयमा पेश गरेको हो । मन्त्रालय स्रोतका अनुसार निर्यात मूल्यमा नगद अनुदान पाउने सूचीमा समावेश २९ वस्तुले ४ देखि ५ प्रतिशतसम्म अनुदान पाउनेछन् । बजेटमा घोषणा गरिएको सूचनाप्रविधिमा आधारित र बिजनेश प्रोसेस आउट सोर्सिङ सेवाले भने अनुदान नपाउने गरी कार्यविधिको मस्यौदा बनेको छ । ...

Read More
  • EBL