लाइफ इन्स्योरेन्स कर्पोरेशनले पूँजी वृद्धिका लागि ८८.४५ % हकप्रद शेयर निष्कासन गर्ने , चुक्ता पूँजी रू. ५ अर्ब पुग्ने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लाइफ इन्स्योरेन्स कर्पोरेशनले पूँजी वृद्धिका लागि ८८.४५ % हकप्रद शेयर निष्कासन गर्ने , चुक्ता पूँजी रू. ५ अर्ब पुग्ने

भदौ २३, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । नियामक निकाय बिमा समितिले जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी रू. ५ अर्ब पुर्‍याउन निर्देशन दिएसँगै हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ८८ दशमलव ४५१६८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर बीमा समितिबाट स्वीकृति पाएपछि र आगामी साधारणसभाले पारित गरेर नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ । 

Read More
  • MBL - below news
  • EBL Ad news