भदौ २१, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड २४ लाख रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. ५२ करोड ४९ लाखभन्दा बढी पुग्नेछ । कम्पनीले यसभन्दा अगाडि पनि शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो ।
गत आवको चौथौ त्रैमाससम्ममा कम्पनी रू.१ करोड ५७ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । अघिल्लो आवको सो अवधिमा पनि कम्पनी रू. १ करोड १९ लाख नोक्सानीमा थियो । गत आवमा कम्पनी नोक्सानीमा गएसँगै प्रतिशेयर आम्दानी रू. ८ दशमलव ८८ ऋणात्तमक रहेको छ ।