फरवार्ड लघुवित्तद्वारा मृत्यु दाबी भुक्तानी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
फरवार्ड लघुवित्तद्वारा मृत्यु दाबी भुक्तानी

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले कर्जा लिएर सदस्य बनेका एक सेवाग्राहीको मृत्युपछि उनका आफन्तलाई बीमा वापतको मृत्यु दाबी भुक्तानी गरेको छ।

फरवाडका ताप्लेजुङ शाखा प्रवन्धक युवराज खतिवडाका अनुसार फुङलिङ नगरपालिका वडा नं ४ माछापोखरीकी कालीमाया हेम्ब्या मादेनको लिम्बूको मृत्युपछि मृतकका छोरा भूपाललाई बीमा वापत ३ लाख ६० हजार रुपैयाँ भुक्तानी गरिएको छ।

लामो समयदेखि फरवार्डसँग सहकार्य गर्दै आएकी कालिमायाले गत फागुनमा फरवाडबाट ३ लाख रुपैयाँ कर्जा लिएकी थिइन्। उनको गत असार ६ गते मृत्यु भएको थियो। ताप्लेजुङमा फरवार्डको शाखा २०६७ सालमा स्थापना भएको हो।

Read More
  • MBL - below news