काठमाडौँ । कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा टंगाल स्थित कुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा सम्पन्न भयो । उक्त सभामा कम्पनिको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचिहरु पारीत भएका छन् । सभाले कम्पनिको हाल कायम चुक्ता पुँजि रु. ४० करोडको ५ प्रतिशतले हुन आउने २ करोड नगद लाभांश (लाभांश करसमेत) वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको छ ।