लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले हाल कायाम चुक्तापुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
बीमा समितिबाट जीवन बीमा कम्पनीहरुले आफ्नो चुक्ता पूँजी पाँच अर्ब कायम गर्नु पर्ने निर्देशन भएपछि हकप्रद निष्काशन गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । कम्पनीले १९ औं वार्षिक साधारण शभाबाट कायम भएको चुक्ता पूँजी दुई अर्ब पैसठ्ठी करोड बत्तिस लाखको ८८.४५१६८ प्रतिशत अर्थात १: ०.८८४५१६८ को अनुपातले हुने दुई अर्ब चौंतिस करोड अठ्सठ्ठी लाख बराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको उक्त प्रस्ताव बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपश्चात मात्र लागू हुने छ।