एनएमबि बैंक, दिगो र मूल्य मान्यतामा आधारित बैंकिङ्गको अद्वितीय ब्रान्ड आइडेन्टिटी भएको नेपालको अग्रणी बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (BII) बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ ।
एनएमबि बैंक BII बाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मदत्त पुग्नेछ । यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपूर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
एनएमबि बैंकद्वारा आयोजित सम्झौता हस्ता