काठमाडौं : खप्तड लघुवित्तको आइपीओमा १ अर्ब ७६ करोड ८४ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन आइतबार बिहान १० बजेसम्ममा १५ लाख ९४ हजार ८० जनाले १ करोड ७६ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १४३.३१ गुणा बढी आवेदन हो । कम्पनीले भदौ ८ गतेबाट सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला हो ।
यसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५% अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।