सिभिल लघुवित्तद्वारा कर्मचारीलाई अभिमुखिकरण कार्यक्रम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिभिल लघुवित्तद्वारा कर्मचारीलाई अभिमुखिकरण कार्यक्रम

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीहरुलाई ग्राहक संरक्षणका सिद्धान्तहरु सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेकाे छ ।

संस्थाले ग्राहक सदस्यहरु र संस्थाको बीचमा सुमधुर सम्बन्ध निरन्तर कायम राखिराख्न टेवा पुग्ने अभिप्रायले सम्पूर्ण अनुगमन अधिकृत, शाखा कार्यालय प्रमुख तथा फिल्ड कर्मचारीहरुलाई समेटी ३५० जना कर्मचारीहरुलाई भर्चुअल माध्यमबाट ग्राहक संरक्षणका सिद्धान्तहरु सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हाे ।

उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सम्पूर्ण कर्मचारीहरुलाई उच्च मनोवलका साथ ग्राहक सदस्यलाई सर्वोपरि मानी ग्राहक संरक्षणको सिद्धान्तहरु अनुसरण गर्दै आफ्ना दैनिक कामकारबाहीहरु नियमित रुपमा गर्नको लागि निर्देशन दिए ।

Read More
  • MBL - below news