‘नेपाल बैंकमा घोटाला भएको सत्य हो, बदमासी गर्ने कर्मचारी भागेका छन्, तर जनताको निक्षेप सुरक्षित छ’ (अन्तर्वार्ता)


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
‘नेपाल बैंकमा घोटाला भएको सत्य हो, बदमासी गर्ने कर्मचारी भागेका छन्, तर जनताको निक्षेप सुरक्षित छ’ (अन्तर्वार्ता)

काठमाडौँ । नेपाल बैंकबाट ग्राहकको रकम अपचलन धबेन्द्र न्यौपाने भागेपछि अहिले बैंकको गुलरिया साखासहित अन्य साखामा पैसा झिक्नेहरु बढेका छन् । नेपाल बैंकमाराखेको राखेको रकम असुरक्षित रहेको भन्दै पैसा झिक्नेहरु बढीरहेका बेला बैंकले भने जनताको निक्षेप असुरक्षित नरहेको दाबी गरेको छ । अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका प्रमुख प्रशाशकीय अधिकृत एवम् सूचना अधिकारी प्रकाश कुमार अधिकारीले बैंकमा जनताले रकहेको रकम असुरक्षित नरहेको दाबी गरेका हुन् । नेपाल बैंकका कर्मचारीले कनेक्ट आईपीएसमार्फत ग्राहकको पैसा चोर्ने गरेको तथ्य बाहिर आएपछि बैंकले जनताको पैसा सुरक्षित रहेको दाबी गरेको हो । नेपाल बैंकमा जनताको पैसा सुरक्षित रहे-नरहेको बारे चौतर्फी प्रश्न आएपछि हामीले बैंकका प्रमुख प्रशासकीय अधिकृत अधिकारीसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, उनै अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

१. ग्राहकले बैंकमा जम्मा गरेको रकम ‘अनियमितता’ गरेर भागेका नेपाल बैंकका कर्मचारी अझै फरार छन् । जनताले राखेको पैसा डुब्छ कि भन्ने चिन्तामा थुप्रै ग्राहक छन् ।  तपाईंको आन्तरिक टोलीले पनि अनुसन्धान गरिरहेको थियो ।  रिपोर्ट कस्तो आयो ?

बैंकको बर्दियास्थित गुलरिया शाखाका शाखा प्रबन्धक रकम अपचलन गरी भागेको खबर पाएसँगै हामीले विशेष टोलीलाई शाखामै पठाएका थियौँ । टोलीले प्रारम्भिक रिपोर्ट प्रस्तुत गरेको छ । रिपोर्टका आधारमा फरार रहेका धबेन्द्र न्यौपानेले बैंकको झण्डै ७० लाख बराबर अपचलन गरेका छन् । त्यो रकममा पनि ५२ लाख रुपैयाँ हिनामिना भएको पक्का छ । बाँकी रकम चाहीँ कन्फर्म भईसकेको छैन । बैंकको रकम हिनामिना गरेर भागेका न्यौपानेको अवस्था अज्ञात छ । ...

Read More
  • EBL Ad news