नेपाल बैंक लिमिटेडका सञ्चालक समिति अध्यक्ष गंगाप्रसाद ज्ञवालीले मंगलबार शपथ ग्रहण गरेका छन्। उनी यही साउन २३ गतेको बैठकबाट सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त भएका हुन्।
ज्ञवालीले मंगलबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।








