काठमाडौं । अभियान लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आईपीओ आज बिहान कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिलटले आफ्नो कार्यलय नक्सालमा शेयर बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । यसरी बाँडफाँट गर्दा ९१ हजार ३ सय ७५ जना आवेदकले मात्रै शेयर पाएका छन् भने बाँकि आवेदकको हात खाली भएको छ ।