अभियान लघुवित्तको आइपीओ साउन ३० गते बाँडफाँट हुने, १९ लाख ५१ हजार बढीको हात खाली


  • KBL Ad
अभियान लघुवित्तको आइपीओ साउन ३० गते बाँडफाँट हुने, १९ लाख ५१ हजार बढीको हात खाली

काठमाडौं  : अभियान लघुवित्तको आइपीओ साउन ३० गते सोमबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा  बाँडफाँट गर्ने तयारी गरिएको हो । तर, कति बजे गर्ने भन्ने अहिले तय नभएको बिक्री प्रबन्धकले जनाएको छ । यता, अभियान लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा २५.२९ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ९१ हजार ३७५ जनाले मात्र सेयर हात पार्नेछन् । 
 

Read More
  • EBL