गुलरिया : नेपाल बैंक लिमिटेड गुलरिया बर्दियाका शाखा प्रबन्धक बैंकको रकम हिनामिना गरी फरार भएका छन्। ईपीएस प्रयोग गरी आफन्तको खातामा पैसा पठाएर बैंक कसुर गरेको मेनेजर धर्मेन्द्र न्यौपानेमाथि आरोप छ।
नेपाल बैंक लिमिटेड गुलरिया शाखामा कार्यरत धर्मेन्द्र न्यौपाने साउन ११ गतेदेखि सम्पर्कविहीन रहेको नयाँ शाखा प्रबन्धक कुश अधिकारीले बताए। उनले भने, 'हामीले घरमा सम्पर्क गर्दा पनि सम्पर्क भएन। घरबाट पनि सम्पर्कविहीन भएको अवस्था छ।'
कार्यालयबाट फिल्ड जान हिंडेका उनले पछि आउन पाउँदिन भनेर कार्यालयमा खबर गरेका थिए। भर्खर मात्र कार्यालय सम्हाल्न आएका मेनेजर अधिकारीले बैंकको रकम आईपीएस प्रयोग गरेर हिनामिना भएको देखिएको बताए।








