लुम्बिनी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, सेबोनमा निवेदन


  • Shangrila Ads
  • Siddhartha Bank
  • ADBL
लुम्बिनी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, सेबोनमा निवेदन

साउन १९, काठमाडौं । लुम्बिनी विकास बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि सेबोनमा निवेदन दिएको हो ।

यसकाे विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले कुल १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नका लागि सेबोनमा निवेदन दिएको हो । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजरमा ऋणपत्र निष्कासन गर्नेछ । 

Read More
  • KBL Ad