बुधवारदेखि आईपीओ निष्कासन गर्दै अभियान लघुवित्त वित्तीय संस्था


  • KBL Ad
बुधवारदेखि आईपीओ निष्कासन गर्दै अभियान लघुवित्त वित्तीय संस्था

साउन १७, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि बुधवार अर्थात साउन १८ गतेदेखि साधारण शेयर (आईपीओ) निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिशेयर रू. १००  अंकित मूल्यका रू. ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ० दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा भदौ १ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्ताकाे लागि आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १५ करोड २५ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पश्चात् उक्त पूँजी रू. २५ करोड पुग्नेछ । 

Read More
  • EBL