ग्रीन डेभलपमेण्ट बैंकद्धारा लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग


  • City Express
  • NMB Bank Ad
  • Laxmi Sunrise Bank Ad
  • Shangrila Ad
ग्रीन डेभलपमेण्ट बैंकद्धारा लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग

ग्रीन डेभलमपमेण्ट बैंकले लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग गरेको छ । बैंकले मादी गाउँपालिका ७, कास्कीका सर्वसाधारण जनतालाई शुद्ध खानेपानी उपलव्ध गराउने उद्धेश्यले २००० लिटरका २ थान र १००० लिटरको १ थान ट्याङ्की उपलव्ध गराउन लेखनाथ खानेपानी उपभोक्ता संस्था मार्फत् खानेपानी ट्याङ्की स्थापना तथा खरिद गर्नको लागि ६७ हजार रुपैया सहयोग प्रदान गरेको हो  ।

बैंकक कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि वहादुर वुढाथोकीले लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मालाई वैंकको सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत उक्त रकम हस्तान्तरण गरेका हुन् । 

Read More
  • KBL
  • Nabil Bank Ad