प्राइम कमर्सियल बैंकको १० गुणासम्म वृद्धि हुने मुद्दती खाता सार्वजनिक


  • Shangrila Ads
  • ADBL
प्राइम कमर्सियल बैंकको १० गुणासम्म वृद्धि हुने मुद्दती खाता सार्वजनिक

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।  बैंकले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।  

प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकहरुका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताहरुका लागि  लक्षित गरि सञ्चालनमा ल्याएको हो । 

बैंकका अनुसार ग्राहकहरुले यी मुद्दती खाताहरुमा जम्मा गरेको रकम २१ वर्ष ७ महिना २० दिन (प्राइम धनवृद्धि मुद्दती खाता), १९ वर्ष १० महिना ७ दिन (प्राइम धनवृद्धि रेमिट मुद्दती खाता) तथा २६ वर्ष ६ महिना ३ दिन (प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता) सम्ममा दश गुणा बढी पाइनेछ । 

Read More
  • KBL Ad