नेपाल बैंकको डबल धमाका मुद्दती खाता


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको डबल धमाका मुद्दती खाता

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाल बैंक डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जनाएको छ । त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ६ वर्ष ११ महिना २ दिनमा दुई गुणा हुनेछ ।

यो मुद्दती खाता खोल्ने ग्राहकहरुले रु ५ लाख सम्मको क्रेडिट कार्ड सुबिधा लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

नेपालभर २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

Read More
  • EBL Ad news