राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकको एटिएम संचालन


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकको एटिएम संचालन

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौंको रामशाहपथ स्थित राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लि.को प्राङ्गणमा एटिएम संचालनमा ल्याएको छ ।

सोमबार आयोजित एक कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय बीमा कम्पनी लि.का संचालक समिति सदस्य प्रकाश कुमार अधिकारीले उक्त एटिएमको समुद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बीमा कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझा तथा नायब प्रमुख कार्यकारी अधिकृत शुभास कोइराला, नेपाल बैंक काठमाडौं बैंकिङ्ग अफिसका प्रमुख सुन्दर पन्थि, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल लगायतको उपस्थिती रहेको थियो ।

Read More
  • EBL Ad news