साउन ६ काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) एक आपसमा गाभिन सक्ने गरि मौद्रिक नीतिमा व्यवस्था गरिएको छ ।
पूर्वाधार क्षेत्रमा लगानी गर्न सक्ने क्षमता वृद्धिका लागि निफ्रासँग कार्यशैली मिल्ने संस्थालाई गाभ्न गाभिन प्रोत्साहन गर्ने कुरा नीतिमा उल्लेख छ ।
यसको अर्थ अहिले पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापना भएका दुई ओटा संस्था निफ्रा र एचआईडीसीएल मात्रै रहेकोले यी संस्था एक आपसमा गाभ्न गाभिनको लागि नीतिले प्रोत्साहन गरेको हो ।
२१ अर्ब ६० करोड चुक्तापूँजी एको निफ्रा र २३ अर्ब ४९ करोड रुपैयाँ चुक्तापूँजी भएको एचआईडीसीएल एक आपसमा गाभिएमा ४५ अर्ब रुपैयाँ चुक्तापूँजी भएको ठूलो कम्पनी बन्ने छ ।