सांग्रिला डेभलपमेन्ट बैंक सल्यानटार शाखाद्वारा सामाजिक सुरक्षा भत्ता घर-घरमै


  • City Express
  • NMB Bank Ad
  • Laxmi Sunrise Bank Ad
  • Shangrila Ad
सांग्रिला डेभलपमेन्ट बैंक सल्यानटार शाखाद्वारा सामाजिक सुरक्षा भत्ता घर-घरमै

धादिङ । सांग्रिला डेभलपमेन्ट बैंक सल्यानटार शाखा धादिङले आर्थिक वर्ष २०७८/७९ को अन्तिम त्रैमासिक सामाजिक सुरक्षा भत्ता त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ६ का अशक्त अपाङ्ग लगायतका सम्पुर्ण लाभग्रागीहरुलाई घर घरमै लगेर बितरण गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ देखि सो सामाजिक कार्य गर्दै आइरहेको छ ।

बैंकका साखा प्रमुख सुर्य प्रसाद बगाले,वडा प्रतिनिधि नवनिर्वाचित वडा अध्यक्ष युबा नेता हरि बि.क,वडा सदस्य नन्द प्रसाद थपलिया,सन्तोशी खडका, नीर बहादुर शाही लगायत बैंकका कर्मचारीहरुको पनि उपस्थिति रहेको थिए । यस समाजिक कार्यप्रती वडा बासी अत्यन्त खुशी भएका छन भने बैंकले पनि आगामी हरेक सामाजिक काम प्रती आफ्नो सहभागीता दिने प्रतिबद्धता जनाएको छ।

Read More
  • KBL
  • Nabil Bank Ad