नेपाल बैंकको एक्सटेन्सन काउन्टर नेपाली सेनाको जङ्गी अड्डामा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको एक्सटेन्सन काउन्टर नेपाली सेनाको जङ्गी अड्डामा

काठमाडौँ / नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाली सेनाको जङ्गी अड्डामा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले साउन १ गतेदेखि सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकाली काठमाडौँमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । 

आइतबार एक कार्यक्रमको आयोजना गरी नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाली सेनाका विग्रेडियर जनरल विजय थापाले संयुक्त रूपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए । 

सो अवसरमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, सैनिक शाखाका शाखा प्रबन्धक  कृष्णहरि गौतम एवम् नेपाली सेनाका उच्च अधिकृतहरूको समेत सहभागिता रहेको थियो । 

Read More
  • EBL Ad news